Logo

बुधवार, श्रावण २७ गते २०८३

images

जनमोर्चा पाँच दलीय गठबन्धनबाट अलग

जनमोर्चा पाँच दलीय गठबन्धनबाट अलग

दैनिकी न्यूज

१६, फाल्गुण २०७८
जनमोर्चा पाँच दलीय गठबन्धनबाट अलग
images

काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टी पाँच दलीय सत्ता गठबन्धनबाट बाहिरिएको छ। गठबन्धनमा संलग्न अन्य चार दलले जालझेल तथा तिकडम गरेर एमसीसी संसदबाट पारित गरेको भन्दै राष्ट्रिय जनमोर्चा पार्टी गठबन्धनमा नरहने निर्णय गरेको हो।

अध्यक्ष चित्रबहादुर केसीले सोमबार एक विज्ञप्ति जारी गर्दै ‘पाँच दलीय गठबन्धन देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको विरुद्ध खडा भएको स्थितिमा पाँच दलीय गठबन्धनलाई कायम राखिरहनु पर्ने औचित्य समाप्त भएको’ बताएका छन्।

जनमोर्चाले व्याख्यात्मक प्रस्तावलाई आफ्ना कार्यकर्ताहरुको एमसीसी विरुद्धको आक्रोसलाई मत्थर पार्न गरिएको नौटङ्की भएको भन्दै एमसीसीविरुद्धको संघर्षलाई निरन्तरता दिने निर्णय गरेको छ।

यस्तै एमसीसीविरुद्धको सङ्घर्षलाई अगाडि बढाउन दलको स्वतन्त्र पहलकदमीमा फागुन १९ देखि २२ गतेसम्म देशव्यापी, जिल्ला तथा स्थानीयस्तरका विरोध सभाहरू गर्ने जनमोर्चाले निर्णय गरेको छ । 

images
प्रकाशित मिति :फाल्गुण १६, २०७८ सोमवार - १७:१७:४३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology