Logo

बुधवार, श्रावण २७ गते २०८३

images

संसद भवन अगाडि शंकास्पद वस्तु राखेको आरोपमा काभ्रेका युवक पक्राउ

संसद भवन अगाडि शंकास्पद वस्तु राखेको आरोपमा काभ्रेका युवक पक्राउ

दैनिकी न्यूज

१८, फाल्गुण २०७८
संसद भवन अगाडि शंकास्पद वस्तु राखेको आरोपमा काभ्रेका युवक पक्राउ
images

काठमाडौं । संघीय संसद भवन नयाँ बानेश्वर अगाडि बम राखेको आरोपमा प्रहरीले २१ वर्षका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे भुम्लु गाउँपालिका वडा नं. २ सिमथलीका सुवास महत रहेका छन् ।

सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनको गेटमा नो एमसीसी लेखिएको प्रेसर कुकर भेटिएको थियो । नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त शंकास्पद वस्तुलाई डिस्पोज गरेको थियो ।

अनेरास्ववियु क्रान्तिकारीको पशुपति बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष रहेका महतलाई प्रहरीको अपराध महाशाखाको टोलीले सोमबार गौशलाबाट पक्राउ गरेको हो ।

शंकास्पद बस्तु राखेर सर्वसाधारणलाई आतंकित बनाएको आरोपमा उनलाई पक्राउ गरिएको महाशाखाका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

उनको साथबाट एक मोटरसाइकल, हेल्मेट र विभिन्न कम्पनीका चारवटा मोबाइल सेटसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

images
प्रकाशित मिति :फाल्गुण १८, २०७८ बुधवार - १४:४५:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology