Logo

बुधवार, श्रावण २७ गते २०८३

images

पाँच महिनापछि संवैधानिक इजलास

पाँच महिनापछि संवैधानिक इजलास

दैनिकी न्यूज

२०, फाल्गुण २०७८
पाँच महिनापछि संवैधानिक इजलास
images

काठमाडौं । सर्वोच्च अदालतमा पाँच महिनापछि आज संवैधानिक इजलास गठन भएको छ। कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा वरिष्ठ न्यायाधीशहरु समेटेर इजलास गठन भएको हो। इजलासमा न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा रहेका छन्। इजलासमा ६ वटा मुद्दा पेशी चढेको छ।

संवैधानिक इजलास भने गोला प्रक्रियाबिनै गठन भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध सहकर्मी न्यायाधीश र नेपाल बार एशोसिएसनले आन्दोलन सुरु गरेपछि गत असोज १३ देखि संवैधानिक इजलास बस्न सकेको थिएन।

१ फागुनमा जबराविरुद्ध महाभियोग दर्ता भएर उनी निलम्बनमा परेसँगै १० न्यायाधीशबीचको छलफलबाट संवैधानिक इजलास पुनः बस्ने निर्णय भएको हो । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले पहिलो पटक संवैधानिक इजलास गठन गर्न लागेका हुन् ।

images
प्रकाशित मिति :फाल्गुण २०, २०७८ शुक्रवार - १२:१२:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology