काठमाडौं । प्रतिनिधिसभाले प्रधान न्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव छानबीन गर्न ११ सदस्यीय सिफारिस समिति गठन गरेको छ ।
समितिमा सबैभन्दा ठूलो दल एमालेबाट चारजना सदस्य छन् भने कांग्रेसबाट दुईजना, माओवादीबाट दुईजना, नेकपा एसबाट एकजना, जसपाबाट एकजना र लोसपाबाट एकजना रहेका छन् ।
नेकपा (एमाले) बाट विष्णु पौडेल, लालबाबु पण्डित, शिबमाया तुम्बाहाम्फे, कृष्ण भक्त पोखरेल, नेपाली कांग्रेसबाट मिन बहादुर विक, रामबहादुर विष्ट, नेकपा माओवादी केन्द्रबाट यसोदा सुवेदी, रेखा शर्मा, नेकपा एसबाट कल्याणी खड्का, लोसपाबाट एकवाल मियाँ र जसपाबाट प्रमोद साह रहेका छन् ।