ललितपुर । ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतीपत्रसँग श्रम रोजगार तथा यातायातले स्पष्टीकरण सोधेको छ । सेवाग्राही र मिडियाको गुनासोलाई सम्बोधन गर्दै यातायात मन्त्रीसहितको टोलीले अन द स्पट कार्यालयमा पुगेर स्पष्टीकरण सोधेको हो ।
श्रम रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालसहितको टोलीले लाइसेन्स वितरण, नवीकरण र स्मार्ट लाइसेन्सको भेरिफाइ र सवारी साधानको ट्रयालमा देखिएको समस्या बारेमा आएका गुनासोको बारे कर्मचारीहरुलाई स्पष्टीकरण सोधेका थिए ।
सो अवसरमा बोल्दै मन्त्री दाहालले सार्वजनिक विदाको दिनमा समेत सवारी साधानको ट्रयाल सुरु गर्न निर्देशन दिए ।
लाईसेन्स लिनका निवेदन दिने धेरै हुनुहुँदो रहेछ, जनताका गुनासा समेत धेरै आए मन्त्री दाहालले भने, ‘कर्मचारीलाई समेत लोक सेवाले दिने सुविधा अनुसार सुविधा व्यवस्था मिलाएका छौँ ।
यसअघि गएको गतमाघ महिना मात्र स्थलगत निरीक्षण गरेका थिए । सो अवसरमा उनले जनगुनासो आए आफै उपस्थित भएर कार्वाही गर्ने चेतावनी दिएक थिए ।
आफु यसअघि नै स्थलगत निरीक्षणका लागि आएको बताउँदै उनले आफुहरु आएर निर्देशन दिदाँ समेत सुधार नआएपछि मिडिया र जनताहरुको गुनासोलाई सम्बोधन गर्दै अन द स्पोट कर्मचारीहरुसँग स्पष्टीकरण र कारवाही सुरु गरेको बताए । सफ्टवेयरमा कम्प्युटरमा कसरी व्यवस्थापन गर्ने भन्ने कुराहरु छिटै हल हुने उनले बताए ।
सोही अवसरमा मन्त्रालय सचिव नेत्र सुवेदीले यातायताको समस्या हल गर्न डिजिटल प्राणलीलाई थप प्रभावकारी बनाईने बताए ।
कर्मचारी सेवा सुविधा दिने व्यवस्था निर्णय भएर राजपत्रमा प्रकाशित भएसगैँ लागु भएपछि समस्याहरु हल हुने उनले दावी गरे ।