काठमाडौँ । सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्री नेपाली कांग्रेस प्रवेश गरेका छन् । नेकपा एमालेबाट गाउँपालिका अध्यक्ष जितेका क्षेत्री एमाले परित्याग गर्दै कांग्रेस प्रवेश गरेका हुन् ।
क्षेत्रीसहित एमाले सिन्धुपाल्चोकका जिल्ला सदस्य कृष्ण क्षेत्री, एमाले नेता विष्णु तिमल्सिनासहित दर्जनौं नेता कार्यकर्तालाई कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार बिहान पार्टी कार्यालय सानेपामा पार्टी सदस्यता दिएर पार्टी प्रवेश गराएको हो ।
सो अवसरमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतलगायत उपस्थित थिए ।