Logo

बुधवार, श्रावण २७ गते २०८३

images

आजदेखि कांग्रेसको एकमहिने चुनावी अभियान

आजदेखि कांग्रेसको एकमहिने चुनावी अभियान

दैनिकी न्यूज

२९, फाल्गुण २०७८
आजदेखि कांग्रेसको एकमहिने चुनावी अभियान
images

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलक्षित अभियान ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ आजदेखि सुरु गर्दैछ।

७७ वटै जिल्लामा सुरु हुन गइरहेको निर्वाचनलाई लक्षित अभियान ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ एक महिनासम्म चल्ने छ।

अभियानका लागि कांग्रेसले देशका ७७ वटै जिल्लाहरुमा केन्द्रीय सदस्यहरु खटाएको छ। कांग्रेसले प्रतिनिधिका रूपमा खटाइएका नेताहरुलाई फागुन २७ गतेभित्र सम्बन्धित जिल्लामा पुग्न निर्देशन दिएको थियो।

फागुन २९ देखि चैत २९ गतेसम्म सञ्चालन हुने अभियानमार्फत जनतालाई पार्टीका एजेन्डाबारे जानकारी दिने र जनस्तरबाट आएका सुझाव सङ्कलन गर्ने कांग्ेसले जनाएको छ । काँग्रेसको दृष्टिकोण, राष्ट्रिय मुद्दाहरूमा लिइएका अडान र महत्वपूर्ण विषयलाई जनतामाझ प्रस्तुत गर्नेछ ।

images
प्रकाशित मिति :फाल्गुण २९, २०७८ आइतवार - ०७:३२:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology