Logo

बुधवार, श्रावण २७ गते २०८३

images

प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव संसदमा पेस

प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव संसदमा पेस

दैनिकी न्यूज

२९, फाल्गुण २०७८
प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव संसदमा पेस
images

काठमाडौं । प्रतिनिधि सभामा प्रधानन्यायधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोग प्रस्ताव आजको प्रतिनिधि सभाको बैठकमा पेस भएको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठकमा सत्तारुढ नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देव गुरुङले महाअभियोग प्रस्ताव पेस गरेका हुन्।

महाअभियोग प्रस्ताव पेस गर्दै गुरुङले जबरा कुनै पनि कोणबाट न्यायालयको गरिमा जोगाउन असफल रहेको बताउँदै उनलाई पदमा राखिरहन उचित नहुने उल्लेख गरेका छन्।

गुरुङले जबरा आफैं संवैधानिक परिषद्मा उपस्थित भएर गरिएका निर्णयसम्बन्धी मुद्दा एक वर्षदेखि अड्काएर राखेको बताउँदै यो कार्य उनी पदीय कर्तव्यबाट च्युत भएको उल्लेख गरेका छन्।

सशस्त्र प्रहरीका तत्कालीन डीआईजी रञ्जन कोइरालाले सजाय छुट पाएको मुद्दामा पुनरावलोकन निवेदन परे पनि जबराले अड्काएर सुनुवाइ रोकेको गुरुङले बताएका छन्।

गुरुङले प्रस्ताव पेश गरेसँगै छलफल प्रक्रिया पनि सुरु भएको छ।

गत फागुन १ गते ३ जना प्रस्ताव र ९५ जना समर्थिकसहित प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको थियो ।

images
प्रकाशित मिति :फाल्गुण २९, २०७८ आइतवार - १४:५०:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology