Logo

बुधवार, श्रावण २७ गते २०८३

images

पन्त, सिंह र धानुक एआईजी बढुवा सिफारिस

पन्त, सिंह र धानुक एआईजी बढुवा सिफारिस

दैनिकी न्यूज

१, चैत्र २०७८
पन्त, सिंह र धानुक एआईजी बढुवा सिफारिस
images

काठमाडौं । नेपाल प्रहरीमा ३ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरिएको छ । मंगलबार बसेको बढुवा समितिको बैठकले धिरज प्रताप सिंह, रवीन्द्र बहादुर धानुक र वसन्त पन्तलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको समितिले जनाएको छ । पन्त, सिंह र धानुकलाई क्रमशः एक, दुई र तीन नम्बरमा बढुवा सिफारिस गरिएको हो ।

फागुन ५ मा मन्त्रिपरिषद्ले नेपाल प्रहरीमा ३ वटा एआईजी दरबन्दी थप्ने निर्णय गरेको थियो । गृह मन्त्रालयका सचिव टेक नारायण पाण्डे नेतृत्वको बढुवा समितिले गरेको सिफारिस मन्त्रिपरिषद्ले स्वीकृत गरेसँगै एआईजीको सङ्ख्या ८ पुग्नेछ । अहिले प्रहरीमा ५ जना एआईजी छन् ।

1.jpg

 

images
प्रकाशित मिति :चैत्र १, २०७८ मंगलवार - १९:४९:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology