Logo

बुधवार, श्रावण २७ गते २०८३

images

साना दललाई निर्वाचन आयोगले चुनाव चिह्न दिने

साना दललाई निर्वाचन आयोगले चुनाव चिह्न दिने

दैनिकी न्यूज

२, चैत्र २०७८
साना दललाई निर्वाचन आयोगले चुनाव चिह्न दिने
images

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय दलको मान्यता नपाएका ७३ साना राजनीतिक दललाई चुनाव चिह्न दिने भएको छ। बुधबार बसेको आयोगको बैठकले जिल्लामा सक्रिय रहेको आधारमा चुनाव चिह्न दिने निर्णय गरेको हो।

चुनाव चिह्न लिन चाहने दलले आफू सक्रिय रहेको जानकारी आयोगको केन्द्र र जिल्लामा गराउनुपर्नेछ। स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २६ बमोजिम राष्ट्रिय दलको रुपमा मान्यता प्राप्त गरेका दलका उम्मेदवारबाहेकले सोही दलको चुनाव चिह्न पाउने भएका छन्।

चुनाव चिह्नका लागि आयोगले गरेको पत्रचार अनुसार विवरण भने पेश गर्नुपर्ने भएको छ। आयोगले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ७५ अनुसार चुनाव चिह्नका लागि दललाई पत्राचार गर्ने निर्णय गरेको हो।

‘आयोगबाट राष्ट्रिय दलको मान्यता प्राप्त नगरेका तर स्थानीय तह निर्वाचन २०७९ मा भाग लिन दर्ता भएका ७३ राजनीतिक दललाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ७५ बमोजिम पत्राचार गर्ने निर्णय गरेको छ’, आयोगको विज्ञप्तिमा भनिएको छ।

आयोगले वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि आफ्नो दलको कुन–कुन जिल्लामा जिल्ला स्तरको संगठनात्मक संरचना, सोको विवरण तयार र दलको केन्द्रीय पदाधिकारीले प्रमाणित गरी चैत ६ गतेसम्म पेश गर्न अनुरोध गरेको छ।

आयोगले तोकिए बमोजिमको विवरण तोकिएको समय सीमाभित्र पेश गर्ने राजनीतिक दलको उम्मेदवारलाई स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २६ को उपदफा ७ बमोजिम स्वतन्त्र उम्मेदवारलाई प्रदान गरिने निर्वाचन चिह्न नै प्रदान गर्ने पनि बताइएको छ।

images
प्रकाशित मिति :चैत्र २, २०७८ बुधवार - २०:४२:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology