Logo

बुधवार, श्रावण २७ गते २०८३

images

साढे ७ लाख नगद सहित ११ जुवाडे ललितपुरबाट पक्राउ

साढे ७ लाख नगद सहित ११ जुवाडे ललितपुरबाट पक्राउ

दैनिकी न्यूज

५, चैत्र २०७८
साढे ७ लाख नगद सहित ११ जुवाडे ललितपुरबाट पक्राउ
images

ललितपुर । ललितपुर महानगरपालिका वडा नं. ८ महालक्ष्मी यल्मुल स्थित ज्ञानी महर्जनको ५ तले पक्की घरको तेस्रो तलामा रहेको रहमा रजित महर्जनले भाडामा लिई अवैद्य रुपमा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्ने अन्यमा ललितपुर–८ सुन्धारा वस्ने वर्ष ४५ को श्याम महर्जन, वडा नं. ७ वस्ने वर्ष ३५ को गणेश महर्जन, वडा नं. ९ वस्ने वर्ष ४८ को किशोर महर्जन, वर्ष ४७ को ईन्द्र महर्जन, वर्ष ४० को काजी शेर्पा, वडा नं. ६ वस्ने वर्ष २९ को रोशन महर्जन, वडा नं. २० वस्ने वर्ष ३९ को रजित महर्जन, वडा नं. १२ वस्ने वर्ष ३५ को एनिश महर्जन, वडा नं. २१ वस्ने वर्ष ३० को निकेन महर्जन, काठमाडौं जिल्ला नागार्जुन–४ वस्ने वर्ष ४२ को अजय श्रेष्ठ र जिल्ला भक्तपुर ठिमी वस्ने वर्ष २९ को रविन वज्राचार्य रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले ७ लाख ४८ हजार ८४५ रुपैयाँ नगद र जुवातास खेल्न प्रयोग गरेका ज्ञ. कौडा गोटी थान २२, पासा खेल्न प्रयोग हुने लामो गोटी थान ३, पासा खेल्न प्रयोग हुने छोटो गोटी थान १६ र पासा खेल्न प्रयोग हुने थर्पु कपडा थान १ रहेको छ ।

विशेष सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेकाहरुलाई तास, जुवा ऐनअन्तर्गत कारबाही हुने महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी सिद्धिविक्रम थापाले बताए ।

images
प्रकाशित मिति :चैत्र ५, २०७८ शनिवार - २१:०९:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology