काठमाडौं । महानगरीय प्रहरी परिसर ललितपुरमा आइतबार पहिलो दिनमा ४०३ जनाले दरखास्त बुझाएका छन् ।
परिसर ललितपुरका प्रवक्ता, एसपी सिद्धि विक्रम शाहका अनुसार ललितपुरमा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन प्रयोजनका लागि १ हजार २ सय ४ जना म्यादी प्रहरीमा आवेदन मागिएकामा पहिलो दिनमै ४०३ जनाले आवेदन फारम बुझाएका हुन् ।
४० दिनका लागि देशभर १ लाख १९ हजार म्यादी प्रहरी मागिएको छ । आइतबार बिहान १० बजेबाट प्रहरीले फारम वितरण गरेको थियो ।
ललितपुरमा ६ वटा स्थानीय तहका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो ।
