Logo

बुधवार, श्रावण २७ गते २०८३

images

सुनाकोठी–लगनखेल सडक अबरुद्ध, मदनकृष्ण श्रेष्ठ पनि सडकमा उत्रिए

सुनाकोठी–लगनखेल सडक अबरुद्ध, मदनकृष्ण श्रेष्ठ पनि सडकमा उत्रिए

दैनिकी न्यूज

८, चैत्र २०७८
सुनाकोठी–लगनखेल सडक अबरुद्ध, मदनकृष्ण श्रेष्ठ पनि सडकमा उत्रिए
images

ललितपुर। एक महिनामै पिच उप्केपनि सडक पुननिर्माण नभएको भन्दै स्थानीयले लगनखेल–सुनाकोठी सडक खण्ड अवरुद्ध पारेका छन् ।

ललितपुर महानगरपालिका २७ मा पर्ने सडक मंगलबार विहानैबाट अवरुद्ध छ ।
उनीहरुले सकडमै प्रदर्शन गरिरहेका छन् । प्रदर्शनमा भ्याली होम्समा बस्ने कलाकार मदनकृष्ण श्रेष्ठ सहितका थुप्रै सहभागी भएका छन् ।

sunakothi-banda-1.jpg
सो सडक खण्ड गएको मंसिरमा पिच गरिएको थियो । तर, ठेकदारले गुणस्तरहिन काम गर्दा एक महिना बित्न नपाउँदै सडक उक्किएपछि त्यस क्षेत्रमा धुलो र हिलो हुने गरेको छ ।
ठेकदारले यो वर्षको मंसिरमहिना भित्रै सडक पिच गर्ने सहमति गरेका थिए तर, चैत लागिसक्दा पनि पिच नभएपछि स्थानीयहरु विरोधमा उत्रिएका हुन् । उनीहरुले सडक पिच गर्न माग गर्दै सवारी आवागमन ठप्प गराएका छन् ।  सुनाकोठीका धेरै ठाउँमा सडक भत्किएको छ । चिवहाल क्षेत्र बढी तहस नहस भएको छ । यो क्षेत्रमा सडक पिच गर्न पटक पटक स्थानीयले आन्दोलन गर्दै आएका छन् ।

sunakothi-banda-3.jpg
sunakothi-banda-2.jpg

 

images
प्रकाशित मिति :चैत्र ८, २०७८ मंगलवार - ११:४८:०२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology