Logo

बुधवार, श्रावण २७ गते २०८३

images

संवैधानिक आयोगमा पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा सर्वोच्चमा सुनुवाइ हुँदै

संवैधानिक आयोगमा पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा सर्वोच्चमा सुनुवाइ हुँदै

दैनिकी न्यूज

९, चैत्र २०७८
संवैधानिक आयोगमा पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा सर्वोच्चमा सुनुवाइ हुँदै
images

काठमाडौँ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संवैधानिक निकायमा अध्यादेशबाट गरको नियुक्ति विवादसम्बन्धी मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ हुँदै छ । गत शुक्रबार हेर्दाहेर्दैमा राखिएको सो मुद्दामा आज पुनः सुनुवाइ हुन लागेको हो ।

संसद्मा महाअभियोग दर्ता भएपछि निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले यसअघि संवैधानिक इजलासमा पठाएको उक्त मुद्दाको लगत कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले कट्ट गरेपछि संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेर भएका नियुक्तीसम्बन्धी विवादमा सुनुवाइ गर्ने बाटो खुलेको हो ।

संवैधानिक इजलासमा कामु प्रधानन्यायाधीश कार्कीसहित न्यायाधीशहरु मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा छन् ।

ओली सरकारको पालामा अख्तयार दुरुपयोग अनुसन्धान आयोगदेखि राष्ट्रिय मानव अधिकार आयोगसम्मका निकायमा ५२ पदाधिकारी नियुक्त गरिएको थियो ।

संविधानको व्यवस्थाविपरीत हुनेगरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेको, एकैदिन अध्यादेश जारी गरेर सोही दिन नियुक्ति सिफारिस गरेको, प्रतिपक्ष दलको नेता र सभामुखजस्ता महत्वपूर्ण व्यक्ति संलग्न हुनुपर्ने संविधानको परिकल्पनाभन्दा बाहिर गएर प्रधानमन्त्री, राष्ट्रियसभा अध्यक्ष र प्रधानन्यायाधीश मात्र बैठक बसेर संवैधानिक परिषद्बाट सिफारिस गरेकाले उक्त कार्य गैरसंवैधानिक भएको अधिवक्ता डा।गणेश रेग्मीले दायर गरेको रिटमा उल्लेख छ ।

images
प्रकाशित मिति :चैत्र ९, २०७८ बुधवार - १२:२४:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology