Logo

आइतवार, श्रावण २४ गते २०८३

images

युलेन्सका पौडीवाजबाट खेलकुद सामग्री प्रदान

युलेन्सका पौडीवाजबाट खेलकुद सामग्री प्रदान

दैनिकी न्यूज

१३, चैत्र २०७८
युलेन्सका पौडीवाजबाट खेलकुद सामग्री प्रदान
images

ललितपुर । गोदावरी–८, डुकुछापमा रहेको के.जेड.आइ वादो रियो कराते डोलाई खेलकुद सामग्री हस्तान्तरण गरिएको छ ।
शनिबार आयोजित एक कार्यक्रममा बीच समाजसेवी तथा उद्योगी दिपु महर्जन, युलेन्स स्कुलका पौडीका राष्ट्रिय खेलाडीद्वय टिसा महर्जन र जरिका महर्जन, महिला उद्यमी प्रविना सिंहले खेलकुद सामग्री हस्तान्तरण गरेका हुन् ।
डोजोमा प्रशिक्षणरत बिभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय कराते प्रतियोगिताहरुमा पदक बिजेता कराते खेलाडी भाइ बहिनीहरुलाई ५० जोर ट्रयाक सुट वितरण गरिएको मेन डोजो डुकुछापक, नेपालका लागि ब्रान्च चिफ तथा दक्षिण एसियाली इन्टरनेश्नल वादो फडेरेसनका प्रतिनिधि विजय खड्काले जानकारी दिए ।
पौडी खेलाडीद्धय टिसा र जरिकाले खेल खेल्दा झेल्नुपर्ने कठिनाईहरु र यसले भबिष्यमा कोर्ने सुनौलो दिनको स्मरण गराएका थिए । साथै भविष्यमा आर्थिक रुपमा विपन्न तथा करातेमा अब्बल खेलाडीहरुलाई अभैm सहयोग गरी प्रोत्साहन गर्दे लैजाने बताए ।

277002643_719845892719209_6153916318772922934_n.jpg

 

images
प्रकाशित मिति :चैत्र १३, २०७८ आइतवार - ०७:५२:३४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology