काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ ह्वात्तै घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाल सुन ९९ हजार २०० रुपैयाँ र तेजाबी सुन ९८ हजार ७०० रुपैयाँ कायम भएको छ।
हिजो सोमबार पनि सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ५०० रुपैयाँ र तेजाबी सुन १ लाख रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १३ सय ७० रुपैयाँ कायम भएको छ। हिजो तोलामा २० रुपैयाँ घटेर चाँदी १३ सय ८० रुपैयाँमा किनबेच भएको थियो।