Logo

बुधवार, श्रावण २७ गते २०८३

images

सवारी दुर्घटनामा ९ जनाको मृत्यु

सवारी दुर्घटनामा ९ जनाको मृत्यु

दैनिकी न्यूज

१६, चैत्र २०७८
सवारी दुर्घटनामा ९ जनाको मृत्यु
images

काठमाडौं । कैलाली, गुल्मी, तनहुँ, बागलुङ, काभ्रेपलाञ्चोक, बारा, सर्लाही, मकवानपुर र कास्कीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको छ ।

कैलाली, धनगढी उपमहानगरपालिका-३ चटकपुरस्थित सडकमा सु.प.प्र.०१००१ ह ४९८५ नम्बरको अटोको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरुषको मंगलबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । अटो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गुल्मी, मुसिकोट नगरपालिका-७ भुजेलबगरस्थित सडकमा रा.१ त ४५५८ नम्बरको ट्याक्टरबाट खसेर सोही ठाउँ बस्ने २६ वर्षीय नारायण नगरकोटीको मंगलबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तनहुँ, शुक्लागण्डकी नगरपालिका-१० मीनाम खानीस्थित सडकमा ग.२ च ८२०१ नम्बरको बोलेरो गाडी मंगलबार साँझ दुर्घटना हुँदा गाडीमा सवार बन्दिपुर गाउँपालिका-४ बस्ने २५ वर्षीय सुरेश बहादुर घर्तीको घटनास्थलमै मृत्यु भएको छ । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बागलुङ, निसीखोला गाउँपालिका-२ खाडुस्थित सडकमा लु.१ च ९४८० नम्बरको जिप अनियन्त्रित भई सडकबाट अन्दाजी १ सय ५० मिटर तल खसेर मंगलबार राति दुर्घटना हुँदा चालक ढोरपाटन नगरपालिका-१ बस्ने ४७ वर्षीय ऋतु वर्ण पौडेलको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका जिपमा सवार रूपन्देही तिलोत्तमा नगरपालिका-७ बस्ने ३८ वर्षीय सुरेश थापालाई प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ हुँदै थप उपचारको लागि प्रभास अस्पताल पाल्पा रिफर गरिएको छ ।

काभ्रेपलाञ्चोक, पनौती नगरपालिका-२ नयाँगाउँस्थित सडकमा बा.५ ख ९६५१ नम्बरको निसान मिनि टिपर मंगलबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २५ वर्षीय युबराज दाहालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सिर मेमोरियल
अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो ।

बारा, जितपुरसिमरा उपमहानगरपालिका-२२ स्थित सडकमा ना.६४ प ९१६७ नम्बरको मोटरसाइकल गएराति दुर्घटना हुँदा चालक पर्सा वीरगंज महानगरपालिका-२३ बस्ने २२ वर्षीय राजन कुमार पटेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको वीरगंज हेल्थ केयर गण्डकमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको अल्पाइन अस्पताल सिमरामा उपचार भइरहेको छ ।

सर्लाही, गोडैता नगरपालिका-५ रामवन टोलमा ज.२ त ६७०९ नम्बरको टयाक्टरबाट मुसुरोमा थ्रेसर लाउने क्रममा उक्त थ्रेसर मेशिनको पछाडिको ईन्जिनको भागको पटाले अचानक पेलिन गई सोही ठाउँ बस्ने दिल महमदको छोरा ३ वर्षीय एसान मन्सुरको मंगलबार राति घटनास्थलमै मृत्यु भएको छ ।


मकवानपुर, हेटौंडा उपमहानगरपालिका-६ स्थित सडकमा ना.४ त ६९१० नम्बरको ट्याक्टरबाट खसेर सोही उपमहानगरपालिका-८ कमाने बस्ने २३ वर्षीय राजेस मोक्तानको मंगलबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको चुरेहिल अस्पताल हुँदै चितवन मेडिकल कलेज भरतपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कास्की, पोखरा महानगरपालिका-८ सभागृह चोकस्थित सडकमा ना.६ ख ४७२५ नम्बरको ट्रकले ग.१४ प ६५९८ नम्बरको स्कुटरलाई बुधबार बिहान ठक्कर दिँदा स्कुटर चालक सोही महानगरपालिका-१८ बस्ने १८ वर्षीया अन्जना पाइजाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको जिएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

images
प्रकाशित मिति :चैत्र १६, २०७८ बुधवार - १२:१८:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology