काठमाडौँ । त्रिकोणात्मक टी–२० क्रिकेट शृङ्खलाअन्तर्गत मलेसियासँग नेपालले टस हारेर फिल्डिङ गर्ने भएको छ।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुन गइरहेको खेलमा मलेसियाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो।
नेपालको आजको टोलीमा एक परिवर्तन गरिएको छ। आजको खेलमा लोकेश बमको स्थानमा दिलिप नाथले डेब्यु गरेका छन्।
सिरिजमा दुबै टोलीले सुखद सुरुवात गरिसकेका छन् । यी दुई टोलीले पपुवा न्युगिनी ९पीएनजी० लाई पराजित गर्दै सिरिजमा राम्रो सुरुआत गरेको हो ।
यसअघि नेपाल र मलेसिया ६ पटक टी–२० अन्तर्राष्ट्रियमा आमनेसामने भएका छन् । मलेसियाविरुद्ध नेपाल हाबी हुँदै आएको छ । ५ खेलमा नेपालले बाजी मार्दा मलेसियाले नेपाललाई एक पटक पराजित गरेको छ ।