काठमाडौं । काठमाडौ फोटोग्राफर संघले महिला फोटोग्राफरहरुको लागि एक दिने कार्यशाला गरेको छ । बिहीबार नयाँ बानेश्वरस्थित अर्पण ब्यान्क्वेटमा भएको कार्यशालामा ५० भन्दा बढी महिला फोटो पत्रकार/ फोटो ग्राफरहरुको सहभागिता थियो । कार्यक्रम संयोजक आनन्द प्रभाकर घिमिरेका अनुसार कार्यक्रममा काठमाडौ , ललितपुर र भक्तपुरका महिला फोटोग्राफर थिए । सहभागीलाई प्रशिक्षण संघका अध्यक्ष डिगम्बर राजबंशीले दिएको आयोजकका हरिप्रसाद घिमिरेले बताए ।