Logo

बुधवार, श्रावण २७ गते २०८३

images

आज घोडेजात्रा पर्व, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

आज घोडेजात्रा पर्व, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

दैनिकी न्यूज

१८, चैत्र २०७८
आज घोडेजात्रा पर्व, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
images

काठमाडौं । आज घोडेजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन काठमाडौं उपत्यकामा घोडेजात्रा मनाउने गरिन्छ ।

टुँडिखेलको पूर्व–दक्षिण दिशामा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई दुःख दिने गरेपछि घोडाको टापले कुल्चिने परम्पराका रुपमा घोडे जात्रा मनाउने गरिएको विश्वास छ । नेपाली सेनाबाट आज टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन हुन्छ ।

टुँडिखेलमा सेनाले घोडेजात्राको बढाईं गरेपछि उपत्यकाका किसानले आफ्नो खेतबारीमा सिमी, बोडी, भटमास, काँक्रो र फर्सी जस्ता तरकारीबालीको बिउ रोप्ने चलन छ । आजकै दिन ललितपुरमा पनि एउटा घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ । सरकारले आज काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

images
प्रकाशित मिति :चैत्र १८, २०७८ शुक्रवार - ०८:४२:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology