Logo

बुधवार, श्रावण २७ गते २०८३

images

ललितपुरमा सत्ता गठबन्धनको बैठकले गर्‍यो यस्तो सहमती

ललितपुरमा सत्ता गठबन्धनको बैठकले गर्‍यो यस्तो सहमती

दैनिकी न्यूज

१८, चैत्र २०७८
ललितपुरमा सत्ता गठबन्धनको बैठकले गर्‍यो यस्तो सहमती
images

ललितपुर । नेकपा (माओवादी केन्द्र) सहितको सत्ता गठबन्धन ललितपुरको बैठक बसेको छ । नेपाली कांग्रेस ललितपुर पार्टी कार्यालय नख्खीपोटमा दिउँसो बैठक बसेको हो ।

बैठकले ललितपुरको ६ वटै स्थानीय तहमा पाँचै दलका ३/३ जना रहेको संयन्त्र बनाइएको छ । संयन्त्रमा रहेका नेताहरूले पालिका र नगरस्तरको वास्तविक अवस्था, मतदाता संख्या, पार्टी कमिटी सबै समेटेर सम्बन्धित पार्टीलाई रिपोर्टिङ गर्ने सहमति भएको एक नेताले दैनिकीन्युजलाई बताए । सोही  रिपोर्टको आधारमा जिल्लाको बैठक बस्ने र चुनावी तालमेलबारे प्रस्ताव केन्द्रमा बुझाउने तयारी छ । केन्द्रमा पठाएको रिपोर्ट अनुमोदन भएपछि स्थानीय तह भागवण्डा हुने र त्यही अनुसार ललितपुरका ७१ वटै वडा पनि बाँडफाँड हुनेछ । 

बैठकमा नेपाली कांग्रेस जिल्ला अध्यक्ष जितेन्द्र मलेखु, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक शिवप्रसाद कट्टेल, नेकपा एकीकृत समाजबादीका केन्द्रिय सदस्य तथा ललितपुर सह-इन्चार्ज अमृत तिमल्सिना, जिल्ला संयोजक हरिकृष्ण थापा, जनता समाजवादी पार्टी (जसपा)का प्रतिनिधि सुरेन्द्र महर्जन, राष्ट्रिय जनमोर्चाका प्रतिनिधि लालमणि बञ्जाडे सहभागी थिए ।

ललितपुरमा ६ वटा स्थानीय तह र ७१ वटा वडा छ । वैशाख ३० गते हुने निर्वाचनमा ललितपुरमा साना ३१ दल दर्ता भएका छन् । निर्वाचन कार्यालय ललितपुर प्रमुखका अनुसार राष्ट्रिय पार्टी रहेका ६ दल सहित ललितपुरमा ३७ दलले स्थानीय निर्वाचनमा भाग लिनेछन् ।

ललितपुरमा महिला १ लाख २४ हजार ९५० र पुरुष १ लाख १८ हजार ९३३, अन्य एक जना गरी कुल २ लाख ४३ हजार ८८५ मतदाता छन् । अन्यमा रहेका एकजनाले सर्वोच्चमा मुद्दा जितेर महिला बनेकी छन् ।

यो पनि पढनुहोस

ललितपुरमा माओवादीसहित गठबन्धनको बैठक बस्दै, ६ स्थानीय तहको भागबन्डा हुने

images
प्रकाशित मिति :चैत्र १८, २०७८ शुक्रवार - २०:५२:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology