Logo

बुधवार, श्रावण २७ गते २०८३

images

आज प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता 

आज प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता 

दैनिकी न्यूज

१९, चैत्र २०७८
आज प्रधानमन्त्री देउवा र मोदीबीच भेटवार्ता 
images

काठमाडौँ । तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै छन् ।

शुक्रबार पत्नी आरजु देउवा र मन्त्रीहरुसहित भारत भ्रमणका लागि दिल्ली पुगेका प्रधानमन्त्री देउवाले आज मोदीसँग बिहान ११ बजेर १० मिनेटमा भेटवार्ता गर्ने कार्यक्रम छ । दुई प्रधानमन्त्रीबीचको भेट हैदरावाद हाउसमा तय भएको छ ।

त्यसअघि १०ः४० मा देउवाले महात्मा गान्धीको समाधिस्थलमा फूलगुच्छा अर्पण गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री देउवा र मोदी नेतृत्वको प्रतिनिधिमण्डल स्तरीय वार्तापछि शनिबार दुवै देशबीच ऊर्जा, कृषि, स्वास्थ्य तथा यातायात क्षेत्रमा महत्वपूर्ण घोषणा हुने छ । वार्तापछि ३५ किलोमिटर लामो जयनगर–कुर्था रेलसेवा तथा भारत सरकारको सहयोगमा निर्मित सोलु करिडोर प्रसारण लाइनको शुभारम्भ, नेपालमा निर्माणाधीन १३२ ओटा स्वास्थ्य सेवा केन्द्रको प्रगतिबारे दुवै प्रधानमन्त्रीले श्रव्यदृश्यका माध्यमबाट जानकारी लिने कार्यक्रम छ ।

images
प्रकाशित मिति :चैत्र १९, २०७८ शनिवार - ०८:३२:५० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology