Logo

बुधवार, श्रावण २७ गते २०८३

images

तीन डीआईजीको मुद्दा न्यायाधीश रेग्मीको इजलासमा

तीन डीआईजीको मुद्दा न्यायाधीश रेग्मीको इजलासमा

दैनिकी न्यूज

२०, चैत्र २०७८
तीन डीआईजीको मुद्दा न्यायाधीश रेग्मीको इजलासमा
images

काठमाडौँ । प्रहरी अतिरिक्त महानिरीक्षक (डीआईजी) पदमा बढुवा गर्दा विभेद गरेको भन्दै सर्वोच्च अदालत पुगेका तीन प्रहरी नायव महानिरीक्षक (डीआईजी) को रिटमा आइतबार सुनुवाइ हुँदैछ।

सुनुवाइका लागि रिटको पेसी न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा तोकिएको छ। डीआईजीहरू घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजंग कार्कीले बिहीबार सर्वोच्चमा रिट दायर गरेका थिए।

लोकसेवा आयोगबाट वरिष्ठता प्रमाणित हुने लिखित विवरणपछि उनीहरू रिट लिएर सर्वोच्च पुगेका हुन्। रिटमा उनीहरूले कनिष्ठलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको भन्दै सिफारिस गर्ने निर्णय बदरको माग गरेका छन्।

images
प्रकाशित मिति :चैत्र २०, २०७८ आइतवार - ११:५७:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology