Logo

बुधवार, श्रावण २७ गते २०८३

images

सहकारी संघ ललितपुरको निर्वाचनमा केदार गोर्खालीको प्यानलै विजयी

सहकारी संघ ललितपुरको निर्वाचनमा केदार गोर्खालीको प्यानलै विजयी

दैनिकी न्यूज

२१, चैत्र २०७८
सहकारी संघ ललितपुरको निर्वाचनमा केदार गोर्खालीको प्यानलै विजयी
images

ललितपुर । जिल्ला सहकारी संघ लिमिटेड ललितपुरको ३० औं वार्षिक साधारण सभाले केदार गोर्खाली नेतृत्वको प्यानल नै विजयी भएको छ । आइतबार संघको नयाँ नेतृत्व चयनका लागि संघको कार्यालय महालक्ष्मीस्थानमा मतदान गरेका थिए । सोमबार बिहान घोषणा भएको निर्वाचन परिणाम अनुसार अध्यक्षमा केदार गोर्खाली, उपाध्यक्षमा राम शरण बस्नेत, महिला उपाध्यक्षमा शशी खड्का गुरूङ, सचिवमा अनिल वीर बज्राचार्य, कोषाध्यक्षमा रूपेश तिमल्सिना बिजयी भएका छन् । यस्तै निर्वाचनबाट महिला सदस्यहरुमा सुष्मा भुजेल महर्जन, ईन्द्र कुमारी थापा, शान्ता लक्ष्मी खड्गी, शर्मिला सिं तथा शर्मिला तिमल्सिना बिजयी भएका छन् ।
प्राप्त नतिजा अनुसार अध्यक्षमा गोर्खालीले २३९ मत पाउदा उनका निकटम प्रतिस्पधी राजेन्द्र पौडेलले १६५ मत प्राप्त गरेका थिए । त्यस्तै खुला उपाध्यक्षमा रामशरण बस्नेतले २५२ मत, महिला उपाध्यमा शशि सड्का (गुरुङ) ले २९७ मत, सचिवमा अनिल वीर बज्राचार्यले २७२, कोषाध्यक्षमा रुपेश तिमल्सिनाले १९८ मत ल्याई बिजय भएका छन् ।

निर्वाचनले संचालक समिति (संघ) तर्फ पुरुषोत्तम बजगाई, खुला सञ्चालक समितितर्फबाट नवराज बिष्ट, शम्भु प्रसाद पौडेल, राम भक्त महर्जन, किरण महर्जन, राम गोपाल महर्जन चुनेको छ ।

anil bir 3.jpg

यस्तै लेखा सुपरिवेक्षण समिति संयोजकमा उपेन्द्र अवाले तथा सदस्यमा बद्री प्रसाद सञ्जेल र महेन्द्र कुमार महर्जनलाई चयन गरेको छ ।

४ वर्षे कार्यकालका लागि २० सदस्यीय कार्यसमिति छनोट गरेको निर्वाचनको परिणाम सोमबार बिहान निर्वाचन अधिकृत विजयराज घिमिरेले घोषणा गरेका हुन् ।

संघमा आवद्ध ७८७ सहकारी संस्थाहरुका ४३२ मतदाता मतदानका लागि योग्य थिए । आइतबारको निर्वाचनमा ४२२ जनाले मताधिकार प्रयोग गरेका थिए ।

वस्तुगत ११ संघहरु मध्येबाट जिल्ला दुग्ध संघका पुरुषोत्तम बजगाई निर्विरोध निर्वाचित भएका थिए । संघका १८ सञ्चालक समिति, ३ जना लेखा समिति र एक जना निवर्तमान अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ ।

anil 2.jpg

images
प्रकाशित मिति :चैत्र २१, २०७८ सोमवार - ०६:२२:४७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology