Logo

बुधवार, श्रावण २७ गते २०८३

images

छुट्नुहोला, बलेफी हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

छुट्नुहोला, बलेफी हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

दैनिकी न्यूज

२१, चैत्र २०७८
छुट्नुहोला, बलेफी हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
images

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले चैत १६ गतेदेखि निष्कासनमा ल्याएको प्रतिशेयर १०० रुपैयाँ अंकित दरको १८ लाख २७ हजार ९७० कित्ता आईपीओमा सर्वसाधारणले आजसम्म मात्र आवेदन दिन सक्नेछन् ।

आईपीओ खरिदका लागि आइतबारसम्म मागभन्दा १२ दशमलव ७६ गुणा बढी आवेदन परेको विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले दिएको जानकारी दिएको छ । उक्त दिनको बेलुका ५ः३० बजेसम्म १८ लाख ७० हजार ७०९ जनाले २ करोड १२ लाख २६ हजार ७५० कित्ताको लागि आवेदन दिएका हुन् ।

कम्पनीले कुल कित्ता शेयरमध्ये ४ प्रतिशत अर्थात् ७३ हजार ११९ कित्ता शेयर कर्मचारीहरुका लागि ५ प्रतिशत अर्थात् ९१ हजार ३९८ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी १६ लाख ६३ हजार ४५३ कित्ता शेयर भने सार्वजनिक निष्कासनद्वारा सर्वसाधारणका लागि निष्कासन गरिने छ ।


आईपीओ खरिदका लागि न्युनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ ।

विक्री प्रबन्धकसँगै सम्पूर्ण आस्बा सेवमा सहभागी बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिने व्यवस्था छ । यो आईपीओलाई इक्रा नेपालले कम्पनीको दायित्व बहन गर्ने क्षामतामा औसत जोखिम रहेको संकेत गर्ने इक्रा एनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ । 

images
प्रकाशित मिति :चैत्र २१, २०७८ सोमवार - ०७:१७:२७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology