Logo

बिहिवार, कार्तिक ६ गते २०८३

images

पीएनजीलाई नेपालले दियो १६९ रनको लक्ष्य

पीएनजीलाई नेपालले दियो १६९ रनको लक्ष्य

दैनिकी न्यूज

२१, चैत्र २०७८
पीएनजीलाई नेपालले दियो १६९ रनको लक्ष्य
images

काठमाडौं । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई जितका लागि १६९ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनायो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले अविजित रहदै ५४ रनको अर्धशतकीय इनिङ खेले ।

आक्रामक ब्याटिङ गरेका करण केसीले अविजित रहदै ३३ रन बनाए ।

आज दुबै टोली उपाधि उचाल्ने योजनासहित मैदान उत्रनेछन् । नेपाल जारी सिरिजमा अपराजित रहदै फाइनल पुगेको हो । नेपालले ४ खेलमा ४ जित निकाल्दै शीर्ष स्थानमा रहेर फाइनल खेल्न लागेको हो ।

images
प्रकाशित मिति :चैत्र २१, २०७८ सोमवार - १४:०६:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology