Logo

आइतवार, श्रावण २४ गते २०८३

images

खेलकुद मन्त्री अथकले नेपाली क्रिकेट टीमलाई बधाई दिए

खेलकुद मन्त्री अथकले नेपाली क्रिकेट टीमलाई बधाई दिए

दैनिकी न्यूज

२२, चैत्र २०७८
खेलकुद मन्त्री अथकले नेपाली क्रिकेट टीमलाई बधाई दिए
images

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नेपाली क्रिकेट टीमलाई बधाई दिएका छन् । नेपालले त्रिकोणात्मक ट्वान्टी–२० शृंखला जितेपछि मन्त्री अथकले नेपाली क्रिकेट टीमलाई बधाई दिएका हुन् ।
नेपालले सोमबार फाइनलमा पपुवा न्यु गिनी (पीएनजी) लाई ५० रनले पराजित गर्दै सिरिज जितेको थियो । नेपालले उपाधि उचाले लगत्तै मन्त्री अथकले सामाजिक सञ्जाल मार्फत खेलाडीहरुलाई बधाई दिएको हो ।
मन्त्री अथकले सामाजिक सञ्जालमार्फत बधाई दिँदै यस्तो लेखेका छन्, “त्रि देशीय टी–२० सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टिमले आज फाइनल खेलमा अभूतपूर्व जित हाँसिल गरेको छ । नेपाली राष्ट्रिय राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई ।।”

images
प्रकाशित मिति :चैत्र २२, २०७८ मंगलवार - ११:१५:४२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology