Logo

बुधवार, श्रावण २७ गते २०८३

images

स्थानीय तहका उम्मेदवार तत्काल नतोक्न जिल्ला समितिलाई कांग्रेसको निर्देशन

स्थानीय तहका उम्मेदवार तत्काल नतोक्न जिल्ला समितिलाई कांग्रेसको निर्देशन

दैनिकी न्यूज

२२, चैत्र २०७८
स्थानीय तहका उम्मेदवार तत्काल नतोक्न जिल्ला समितिलाई कांग्रेसको निर्देशन
images

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहका उम्मेदवार तत्काल नतोक्न जिल्ला समितिलाई निर्देशन दिएको छ । कांग्रेसले सबै जिल्ला समितिलाई पत्राचार गर्दै उम्मेदवार सिफारिसलगायतका काम गरे पनि गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार नै भने नतोक्न निर्देशन दिएको हो ।

जिल्ला समितिलाई तत्काल उम्मेदवार नतोक्न भनेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।

कांग्रेसको विधान अनुसार वडाअध्यक्ष र वडासदस्यको उम्मेदवार प्रतिनिधिसभा क्षेत्रीय संसदीय समितिले चयन गर्नेछ । त्यस्तै गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षका उम्मेदवार भने जिल्ला समितिले चयन गर्ने उल्लेख छ ।

नगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार प्रदेश समितिले र महानगरपालिकाको मेयर र उपमेयर केन्द्रीय कार्यसमितिले चयन गर्ने छ ।

images
प्रकाशित मिति :चैत्र २२, २०७८ मंगलवार - १७:५३:१३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology