काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेपको) सदस्यसचिवबाट आफूलाई गैरकानुनी रूपमा हटाइएको भन्दै रमेश सिलवालले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।
मंगलबार न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको इजलासले सिलवालले दायर गरेको रिट खारेज गरेको हो । न्यायाधीश अनिल सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले रिट खारेज गरेसँगै टंकलाल घिसिङलाई काम गर्ने बाटो खुलेको छ ।
सरकारले सिलवाललाई बर्खास्त गरेर नियुक्त गरेका सदस्य सचिव टंकलाल घिसिङले काम गर्न पाएका थिएनन् । केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका सिलवाललाई वर्तमान देउवा सरकारले हटाएर टंकलाल घिसिङलाई सदस्यसचिव नियुक्त गरेको थियो । त्यसपछि सिलवाल अदालत पुगेका थिए ।