काठमाडौं । बैंकहरुले वैशाख महिनामा ब्याजदर नबढाउने भएका छन् । अब निक्षेपमा चैतकै ब्याजदरलाई निरन्तरता दिइने छ । ब्याज बढाउँदै निक्षेप बढेको विगतको तथ्यांकले देखाएन । अब विस्तारै तरलता अवस्था पनि सहज हुँदै जाने संकेत देखिएको छ ।
वैशाखका लागि थप ब्याजदर वृद्धि नगरिने निर्णय नेपाल बैंकर्स संघले गरेको हो । संघले आइतबार वाणिज्य बैंकका सीइओहरुसँग छलफल गरी ब्याजदर नबढाउने सहमतिमा पुगेको छ ।
अब अधिकतम ब्याजदर ११।०३ प्रतिशत नै कायम हुनेछ ।