काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आज पत्रकार सम्मेलन गर्ने भएका छन्।
आज अपरान्ह ४ बजे अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्ने तयारी रहेको मन्त्रीको सचिवालयले जनाएको छ।
अर्थमन्त्री शर्माले मुलुकको आर्थिक अवस्थालगायत विषयमा पत्रकार सम्मेलन गरेर जानकारी गर्न लागेको बताइएको छ।