Logo

शनिवार, कार्तिक ८ गते २०८३

images

गभर्नरको पक्षमा सर्वोच्च अदालतको अन्तरिम आदेश

गभर्नरको पक्षमा सर्वोच्च अदालतको अन्तरिम आदेश

दैनिकी न्यूज

६, बैशाख २०७९
गभर्नरको पक्षमा सर्वोच्च अदालतको अन्तरिम आदेश
images

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि निलम्बनको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले गभर्नर अधिकारीलाई तत्कालका लागि काममा फर्काउने आदेश गरेको हो ।

अधिकारीको पक्षबाट वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, शम्भु थापा, राधेश्याम अधिकारी, हरिहर दाहाललगायतले बहस गर्दै सरकारले बदनीयतपूर्वक गभर्नरलाई निलम्बन गरेको जिकिर गरेका थिए ।

न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले वैशाख १३ गते दुबै पक्षलाई छलफलका लागि बोलाएको छ।

images
प्रकाशित मिति :बैशाख ६, २०७९ मंगलवार - १७:४८:३९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology