काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) वैशाख ७ गते यो कम्पनीलाई ३३ करोड ७ लाख ५० हजार रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति दिएको हो।
बोर्डबाट अनुमतिसँगै उक्त कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरको कुल ३३ लाख ७ हजार ५०० कित्ता आईपीओ निष्कासन गर्नेछ।
कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
कम्पनीले सोलुखुम्बु जिल्लाको सोलु दूधकुण्ड नगरपालिका भएर बग्ने सोलु खोलामा २३ दशमलव ५ मेगावाट क्षमताको सोलु जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।