Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

ललितपुरमा रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको बिष्फोटमा थप एकको मृत्यु

ललितपुरमा रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको बिष्फोटमा थप एकको मृत्यु

दैनिकी न्यूज

८, बैशाख २०७९
ललितपुरमा रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको बिष्फोटमा थप एकको मृत्यु
images

ललितपुर । ललितपुरको पाटन औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा बिहीबार भएको बिष्फोटमा थप एक जनाको मृत्यु भएको छ।

भारतको पश्चिम चम्पारम रतनपुरूवाका ४५ वर्षीयको बृज महतो र भारतकै २५ वर्षीय राजकुमार महतोको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सिद्धि विक्रम शाहले जानकारी दिए।

उनका अनुसार गम्भीर घाइते कुमार महतोको उपचारको क्रममा र बृज महतोको घट्नास्थलमै मृत्यु भएको हो।

sagarmatha.jpg

चन्द्रागिरी नगरपालिका वडा नं. २ दहचोकका ४९ वर्षीय गंगाराज शर्माको बी एन्ड बी अस्पतालमा उपचार भइरहेको छ।

पर्सा घर भई लुबु चागाथली बस्दै बएका ४३ वर्षीय रमेश अधिकारी, महालक्ष्मी नगरपालिका–८ का ३६ वर्षीया दुर्गा पुरी, गोदावरी नगरपालिका–९ का १९ वर्षीय सुदीप तिमिल्सेना, महांकाल गाउँपालिका–५ चन्दनपुरका २२ वर्षीय ईश्वर बजगाई, ओखलढुंगा घर भई महालक्ष्मीस्थान बस्दै आएका २० वर्षीया अन्जना पौडेल घाइते छन्।

उनीहरू पाटन अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेका छन्।

बिहीबार बिहान करिब १० बजे सिलिन्डर बिष्फोट भएको थियो।

images
प्रकाशित मिति :बैशाख ८, २०७९ बिहिवार - १९:२१:४८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology