बारा । नेकपा (एमाले) बारा जिल्ला कमिटी सदस्य कुमार मोक्तान नेकपा (माओवादी केन्द्र) फर्किएका छन् ।
तत्कालीन माओवादी केन्द्र जिल्ला समिति सदस्य रहेका मोक्तानलाई गत माघमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका थिए ।
एमाले प्रवेश गरेको ४ महिना नपुग्दै स्थानीय तह निर्वाचनको मुखमै मोक्तान पुरानै घर फर्किएका हुन् ।
जनयुद्धकाको समयमा जनमुक्ति सेना रहेका मोक्तान २०७४ मा वडा अध्यक्षका प्रत्यासी थिए । मोक्तानले शुक्रबार पत्रकार सम्मेलन गरेर एमाले परित्याग गरेको घोषणा गरेका छन् ।
उनले एमालेभित्र गुटबन्दी प्रवृति व्यापक रहेको, जनयुद्धका योद्वाप्रति अपमान गरेको, परिवर्तन विरोधी शक्ति राप्रपा नेपालसंग चुनावी तालमेल गरेको कारण पार्टी परित्याग गर्ने निर्णय गरेको बताए ।
वडा अध्यक्ष पदका आकांक्षि समेत रहेका मोक्तानले वडा कमिटीले व्यक्तिवादी, गुठबन्दी गरेर नाम सिफारिस समेत नगरेको गुनासो गरे ।
उनले भ्रममा परेर एमाले प्रवेश गरेका सहकर्मी र योद्वाहरुलाइ परिवर्तनकारी शक्ति आफ्नै पुरानो घरमा फर्किन आह्वान गरे ।
माओवादी फर्केको घोषणा गरेका मोक्तानलाइ पार्टीको केन्द्रीय खेलकुद विभाग सदस्य युवराज लामाले खादा लगाएर स्वागत गरेका छन् ।
पार्टी प्रवेश कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्य वेनीबहादुर मुक्तान, प्रेस सेन्टरका केन्द्रीय सदस्य महेश्वर अधिकारी, नगर उपाध्यक्ष छिरिङ बल, सचिव रमेश अर्याल लगायत सहभागी थिए ।