ललितपुर । नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरमा चिरीबाबु महर्जनलाई उम्मेदवार बनाउने भएको छ।
सभापति शेरबहादुर देउवाले महर्जनलाई ललितपुरको मेयर उम्मेदवार बनाएको हुन ।
२०७४ को निर्वाचनमा महर्जनले नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारलाई ३२६ मतले पराजित गर्दै महानगर प्रमुख बनेका थिए।
ललितपुरको मेयरका लागि कांग्रेसबाट सात जनाको नाम सिफारिस भएको थियो।