Logo

बुधवार, श्रावण २७ गते २०८३

images

दोहोरो अंकले घट्यो नेप्से

दोहोरो अंकले घट्यो नेप्से

दैनिकी न्यूज

१३, बैशाख २०७९
दोहोरो अंकले घट्यो नेप्से
images

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको तेस्रो दिन आज दोहोरो अंकले घटेको छ । आज नेप्से १५ दशमलव २ अंकले घटेर दुई हजार ३ सय ७० दशमलब ९९ विन्दुमा पुगेको हो । त्यस्तै, आज नेप्सेमा एक अर्ब ४ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका ३५ कम्पनीको शेयरमूल्य बढेको छ भने १५६ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये पनि एक कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

आज जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ९४४.४० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार आज हिमालयन पावर पार्टनर र मल्टीपर्पोज फाइनान्स कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ५ प्रतिशतले घटेको छ ।

images
प्रकाशित मिति :बैशाख १३, २०७९ मंगलवार - १५:११:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology