ललितपुर । ललितपुर महानगरपालिकाका नेकपा (एमाले) का तर्फबाट उपमेयरका उम्मेदवार मञ्जली शाक्यको विरुद्ध उजुरी परेको छ ।
आज ललितपुर महानगरपालिकाको निर्वाचनको कार्यालय जाउलाखेलमा गएर ज्ञान बहादुर खड्गीले उजुरी दिएका हुन् ।
२०७४ को प्रदेश सभाको समानुपातिक निर्वाचन बन्द सूचिमा नेकपा (माओवादी केन्द्र) को तर्फबाट शाक्यको आदिवासी जानजाति महिला सूचिमा १४ नंम्बरमा रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
बन्द सूचमा भएका उम्मेदवारले बन्द सूचिबाट नाम हटाएर दरखास्त दिन निर्वाचन आयोगल सूचना समेत निकालेको छ ।
निर्वाचन कार्यालयले आवश्यक काजगपत्र ल्याउन शाक्यलाई भनेको छ ।
भोलि र पर्सि मनोनयनपत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गरिने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । पर्सि १५ गते बेलुकी पाँच बजेसम्ममा मनोनयन दर्ता भएका उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।
१६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । १७ गते उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने आयोगले जनाएको छ ।
