Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

मेयरका उम्मेदवार चिरीबाबु महर्जन बिरुद्ध पर्यो उजुरी

मेयरका उम्मेदवार चिरीबाबु महर्जन बिरुद्ध पर्यो उजुरी

दैनिकी न्यूज

१३, बैशाख २०७९
मेयरका उम्मेदवार चिरीबाबु महर्जन बिरुद्ध पर्यो उजुरी
images

ललितपुर । ललितपुर महानगरपालिकाको मेयरका लागि गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका चिरीबाबु महर्जनविरूद्ध उजुरी परेको छ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार निवर्तमान मेयर महर्जनको कार्यकालमा बेरुजु रहेको भन्दै उनीविरूद्ध उजुरी परेको हो।

स्थानीय तह निर्वाचनको आचारसंहिताअनुसार जनप्रतिनिधिले उम्मेदवार बन्न बेरूजु फर्छ्यौट गर्नुपर्छ।

ललितपुर महानगरमा चिरीबाबुका अतिरिक्त एमालेकी उपमेयर उम्मेदवार मञ्जली शाक्यविरूद्ध उजुरी परेको छ। उनको नाम समानुतिकतर्फको बन्द सूचीमा रहेको भन्दै उजुरी परेको हो।

images
प्रकाशित मिति :बैशाख १३, २०७९ मंगलवार - २१:०४:५५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology