Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

उम्मेदवारविरुद्ध परेका उजुरीमाथि आज र भोलि जाँचबुझ गरिने

उम्मेदवारविरुद्ध परेका उजुरीमाथि आज र भोलि जाँचबुझ गरिने

दैनिकी न्यूज

१४, बैशाख २०७९
उम्मेदवारविरुद्ध परेका उजुरीमाथि आज र भोलि जाँचबुझ गरिने
images

काठमाडौं । पालिका चुनावका लागि उम्मेदवार बनेकाहरुको विरोधमा परेका उजुरीमाथि आजदेखि जाँच सुरु हुने भएको छ । आज र भोलि जाँचबुझ गरिने र पर्सि १६ गते उम्मेदवारले नाम फिर्ता र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

उम्मेदवारको विरोधमा हिजो ठाउँठाउँमा दाबी विरोधको उजुरी दर्ता भएको छ । ललितपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनबाट मेयरको उम्मेद्वार रहेका चिरिबाबु महर्जनविरुद्ध बेरुजु फर्छ्यौट नगरेको भन्दै उजुरी परेको छ । यस्तै ललितपुर महानगरपालिकामा एमालेका तर्फबाट उपमेयरमा उम्मेदवारी दिएकी मञ्जली शाक्यविरुद्ध २०७४ सालको प्रदेश सभा चुनावमा समानुपातिकतर्फको बन्द सूचीमा नाम रहेको भन्दै उजुरी परेको छ । अरु पालिकामा पनि केही उम्मेदवारविरुद्ध उजुरी परेको छ ।

नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको वा नेपाल सरकारबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक पाउने गरी बहाल रहेको उम्मेदवारमाथि उजुरी दिन सकिन्छ ।

यस्तै भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, लागू औषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरणसम्बन्धी कसूर वा नैतिक पतन देखिने व्यक्ति पनि उम्मेदवार हुन पाउँदैनन् । जातीय भेदभाव तथा छुवाछुत, बोक्सी वा बहुविवाहसम्बन्धी कसुरमा कैदको सजाय पाइ त्यस्तो सजाय भुक्तान गरेको मितिले तीन वर्ष पूरा नभएको व्यक्तिले उम्मेदवारी दिएको भए उसको उम्मेदवारी पनि रद्द हुन सक्छ ।

images
प्रकाशित मिति :बैशाख १४, २०७९ बुधवार - ०८:१८:३१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology