Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

तालमेलमा कडाइ गर्ने सत्ता गठबन्धनको निर्णय (हेर्नुहोस निर्णय)

तालमेलमा कडाइ गर्ने सत्ता गठबन्धनको निर्णय (हेर्नुहोस निर्णय)

दैनिकी न्यूज

१४, बैशाख २०७९
तालमेलमा कडाइ गर्ने सत्ता गठबन्धनको निर्णय (हेर्नुहोस निर्णय)
images

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले गठबन्धनविपरीत ६ महानगर र ११ उपमहानगरमा दिएका उम्मेदवारी फिर्ता लिन सम्बन्धित पार्टीलाई निर्देशन दिने निर्णय गरेको छ।

बैठकले ७ बुँदे निर्देशन दिँदै गठबन्धनकै दलभित्रबाट बागी उम्मेदवारी दर्ता गरेका उम्मेदवारहरुलाई पछि सर्न पार्टीले आवश्यक काम गर्नुपर्ने पनि भनेको छ।

बैठकपछि शीर्ष नेताहरुले जारी गरेको विज्ञप्तिअनुसार ६ महानगर र ११ उपमहानगरमा प्रदेश र जिल्ला संयन्त्रको बैठकले वडाका सिट बाँडफाँट गर्ने निर्णय पनि भएको छ।

त्यस्तै नगरपालिका र गाउँपालिकामा गठबन्धनको निर्णयविपरीत पार्टीहरुले गरेका बेग्लाबेग्लै उम्मेदवारी दर्ता पनि फिर्ता लिने निर्णय पनि शीर्ष नेताहरुको बैठकले गरेको छ।

गठबन्धनको केन्द्रीय तहमै महानगर र उपमहानगरभित्र भएको बाँडफाँटविपरीत दोहोरो तथा बागी उम्मेद्वारी परेको छ ।

1.jpg

images
प्रकाशित मिति :बैशाख १४, २०७९ बुधवार - १३:३६:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology