Logo

बुधवार, श्रावण २७ गते २०८३

images

वैदेशिक रोजगारीमा गएका श्रमिकलाई आईपीओ आरक्षण दिन बोर्डको सुझाव

वैदेशिक रोजगारीमा गएका श्रमिकलाई आईपीओ आरक्षण दिन बोर्डको सुझाव

दैनिकी न्यूज

१६, बैशाख २०७९
वैदेशिक रोजगारीमा गएका श्रमिकलाई आईपीओ आरक्षण दिन बोर्डको सुझाव
images

काठमाडौं । प्राथमिक सेयर निष्कासन (आईपीओ) मा सामूहिक लगानी कोष (म्युचुअल फण्ड) लाई आरक्षण भएजस्तै वैदेशिक रोजगारीमा गएका श्रमिकलाई पनि आरक्षण दिन नेपाल धितोपत्र बोर्डले प्रस्ताव गरेको छ ।

अर्थ मन्त्रालयलाई आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव दिन बोर्डले तयार गरिरहेको सुझावपत्रमा पनि यसलाई समावेश गर्न छलफल भइरहेको बोर्ड स्रोतले जनाएको छ ।

सामूहिक लगानी कोषलाई प्राथमिक सेयरमा दिँदै आएको पाँच प्रतिशत आरक्षणलाई पुनर्विचार गर्न तथा वैदेशिक रोजगारमा गएका श्रमिकलाई आरक्षण दिन सुझाव दिन लागिएको बोर्डको भनाइ छ । वैदेशिक रोजगारमा गएका नेपाली श्रमिकलाई प्राथमिक सेयरमा कसरी आरक्षण दिन सकिन्छ भनेर अध्ययन गर्न बोर्डमा समिति पनि बनाइएको थियो ।

अध्ययन समितिले वैदेशिक रोजगारीमा गएका श्रमिकको लागि १० प्रतिशतसम्म आरक्षण दिन सकिने सुझाव दिएको छ । यसको लागि बजेटमा नै आउनु आवश्यक नभएको तर नियमावलीमा परिमार्जन गरे पुग्ने बोर्ड स्रोतले जनायो । तर, सरकार भने बजेटमार्फत कर छुट खारेजी तथा गैरआवासीय नेपालीलाई आरक्षण दिने विषय पनि समेट्न चाहन्छ । सरकारले नै गैरआवासीय नेपालीलाई प्राथमिक सेयरमा आरक्षण दिने नीति बनाउन बोर्डलाई आग्रह गरेको पनि स्रोतले जनायो । तर, गैरआवासीय नेपालीले दोस्रो बजारमा लगानी गर्न पाउने व्यवस्था छ ।

हाल सामूहिक लगानी कोषलाई दोस्रो बजारमा कारोबार गर्दा लाग्ने पुँजीगत लाभकर छुट छ भने प्राथमिक सेयरमा पनि पाँच प्रतिशतको आरक्षण सुरक्षित छ । आजको कारोबार दैनिकबाट

images
प्रकाशित मिति :बैशाख १६, २०७९ शुक्रवार - ०६:१८:२० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology