Logo

बुधवार, श्रावण २७ गते २०८३

images

हिमालयन हाइड्रोपावरको आईपीओ वैशाख २५ बाट निष्काशन हुँदै

हिमालयन हाइड्रोपावरको आईपीओ वैशाख २५ बाट निष्काशन हुँदै

दैनिकी न्यूज

१६, बैशाख २०७९
हिमालयन हाइड्रोपावरको आईपीओ वैशाख २५ बाट निष्काशन हुँदै
images

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले बैशाख २५ गतेदेखि आईपीओ निष्काशनगर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले विद्यमान जारी पूँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँको ८।२२ प्रतिशत शेयर निष्काशन गर्न लागेको हो। यस अनुसार कम्पनीले ९ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ९ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।

यो आईपीओमा आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिका वडा नं। १ (साबिकको पाचें गाविसको सबै वडा), मादी गाउँपालिकाको वडा नं. २ (साबिकको नामार्जुन गाविसका सम्पूर्ण वडा), मादी गाउँपालिका वडा नं। ३ र ४ (साबिकको थुमाकोडाँडा गाविसका सम्पूर्ण वडा) र मादी गाउँपालिकाका वडा नं। ६ र ७ (साबिकको सिल्दुजुरे गाविसका सम्पूर्ण वडा) का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्।

उनीहरुले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन्। निष्काशन बन्द छिटोमा जेठ ८ गते हुनेछ भने ढिलोमा जेठ २३ गते हुनेछ।

आईपीओमा ग्लोबल आइएमई बैंकका लेखनाथ र न्यूरोड ९कास्की०, माछापुच्छ्रे बैंकको मादी, मुक्तिनाथ विकास बैंकको काहुँखोला, अमरसिंह, बुढीबजार र गरिमा विकास बैंकको सभागृह, महेन्द्रपुल, बाटुलेचौर, बिरौटा, तल्लो गगनगौँडा, बुद्धचोक, तालचोक र हेम्जा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। 

images
प्रकाशित मिति :बैशाख १६, २०७९ शुक्रवार - ०८:४३:१० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology