Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

नेपाली कांग्रेसका विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थक स्वतः निष्काशित हुने

नेपाली कांग्रेसका विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थक स्वतः निष्काशित हुने

दैनिकी न्यूज

१६, बैशाख २०७९
नेपाली कांग्रेसका विद्रोही उम्मेदवार, प्रस्तावक र समर्थक स्वतः निष्काशित हुने
images

काठमाडौं । नेपाली कांग्रेसले यही वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरूद्ध पार्टीका कुनै सदस्यले विद्रोही उम्मेदवारी दर्ता गरे÷गराएको भए तोकिएको समयभित्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्तिमार्फत त्यस्ता विद्रोही उम्मेदवारलाई निर्वाचन आयोगद्वारा तोकिएको मिति र समय (आज वैशाख १६ गते विहान १० बजेदेखि ५ बजेसम्म) उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सक्रिय भूमिका निर्वाह गर्न निर्देशानुसार अनुरोध गरेका छन् ।

तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, नीजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता कांग्रेसको विधान, २०१७ ९संशोधन सहित० को धारा ४ (१३) (ग) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्काशित हुने विज्ञप्तिमा उल्लेख छ ।

images
प्रकाशित मिति :बैशाख १६, २०७९ शुक्रवार - ११:००:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology