Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

धीरजप्रताप सिंह २९ औं प्रहरी महानिरीक्षकमा नियुक्त

धीरजप्रताप सिंह २९ औं प्रहरी महानिरीक्षकमा नियुक्त

दैनिकी न्यूज

१८, बैशाख २०७९
धीरजप्रताप सिंह २९ औं प्रहरी महानिरीक्षकमा नियुक्त
images

काठमाडौं । सरकारले नेपाल प्रहरीको २९ औं प्रहरी महानिरीक्षक (आईजिपी) मा धीरजप्रताप सिंहलाई नियुक्त गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सिंहलाई आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको हो । सिंहले सोमबारदेखि कार्यभार सम्हाल्नेछन् ।

नवनियुक्त आईजीपी सिंह हाल केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) को प्रमुखमा कार्यरत छन् ।

३० वर्षे सेवाअवधिका कारण हालका आईजीपी शैलेश थापा क्षेत्रीले आइतबारबाट अनिवार्य अवकाश पाउने भएपछि रिक्त स्थानमा सिंहलाई बढुवा गरिएको हो ।

images
प्रकाशित मिति :बैशाख १८, २०७९ आइतवार - १४:२३:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology