Logo

आइतवार, कार्तिक ९ गते २०८३

images

नेप्सेमा १३ लाख कित्ता शेयर सूचिकृत

नेप्सेमा १३ लाख कित्ता शेयर सूचिकृत

दैनिकी न्यूज

२०, बैशाख २०७९
नेप्सेमा १३ लाख कित्ता शेयर सूचिकृत
images

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज सोमबार १३ लाख कित्ता बढी शेयर सुचिकृत भएको छ । आज नेप्सेमा २ कम्पनीको गरि कुल १३ लाख २ हजार ९ सय ६४ दशमलव ३२ कित्ता शेयर सुचिकृत भएको हो ।

आज हिमालयन जनरल इन्स्योरेन्सको ६।६५ प्रतिशतले हुन आउने ७ लाख ३१ हजार ७ सय २४ कित्ता बोनस शेयर र समता घरेलु लघुवित्तको २० प्रतिशतले हुन आउने ५ लाख ७१ हजार २ सय ४० दशमलव ३२ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् । 

images
प्रकाशित मिति :बैशाख २०, २०७९ मंगलवार - ०६:३५:४६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology