चितवन । नेपाली कांग्रेसबाट गठबन्धनका उम्मेदवारबिरुद्ध उठेका बागी उम्मेदवारका कारण चर्चामा रहेको भरतपुर महानगरपालिकामा सत्तारुढ गठबन्धनले आगामी वैशाख २२ गते चुनावी सभा गर्ने भएको छ।
सभामा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको माओवादी केन्द्रका चितवन संयोजक रामचन्द्र अधिकारीले बताए।
सभामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतले सम्बोधन गर्ने कार्यक्रम छ।
यस्तै, सभालाई कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, केन्द्रीय सदस्य शेखर कोइराला, जसपा र राष्ट्रिय जनमोर्चाका केन्द्रीय नेताहरूले सम्बोधन गर्नेछन्।
सभा भरतपुरको हाकिमचोकमा हुनेछ।