Logo

सोमवार, श्रावण २५ गते २०८३

images

महालक्ष्मी नगरपालिकामा सत्तागठबन्धनको संयुक्त घरदैलो (फोटोफिचरसहित)

महालक्ष्मी नगरपालिकामा सत्तागठबन्धनको संयुक्त घरदैलो (फोटोफिचरसहित)

केशव घिमिरे

२१, बैशाख २०७९
महालक्ष्मी नगरपालिकामा सत्तागठबन्धनको संयुक्त घरदैलो (फोटोफिचरसहित)
images

ललितपुर । महालक्ष्मी नगरपालिकामा सत्तागठबन्धनका उम्मेदवारहरुले बुधबार पनि संयुक्त घरदैलो अभियान सञ्चालन गरिरहेका छन् ।

सत्तागठबन्धनबाट मेयरमा माओवादी केन्द्रका शिव प्रसाद कट्टेल, उपमेयरमा नेपाली कांग्रेसबाट लक्ष्मी महर्जन रहेका छन् ।

मेयर र उपमेयरसहित गठबन्धनबाट वडा अध्यक्ष, सदस्यहरुका उम्मेदवारहरु समेत संयुक्त घरदैलो अभियानमा छन् ।

घरदैलोमा संयुक्त ब्यानर लिएर हिँडेका नेता/कार्यकर्ताले भोट पनि हसिँया हथौडा र रुख चिन्हमा मागिरहेका छन् ।

आज महालक्ष्मी नगरपालिका वडा नं. ८ को विष्णुडोल, शंखादेवी, नेपाल चौर क्षेत्रमा घरदैलो कार्यक्रम सञ्चालन गरेको नेपाली कांग्रेस महालक्ष्मी नगरपालिकाका उपसभापति विवेक कार्कीले बताए ।

कांग्रेस र माओवादी केन्द्रको संयुक्त घरदैलो कार्यक्रममा उक्त क्षेत्रलाइ एक नयाँ वडा बनाउने र भैराखेको विकास निर्माणलाई ध्यान दिई नमुना गाउँ बनाउने उम्मेदवारहरुले प्रतिबद्धता व्यक्त गरेको उपसभापति कार्कीको भनाई छ ।

स्थानीयले मेयरका उम्मेद्वार कट्टेल, उपमेयरकी उम्मेद्वार महर्जनलगायतका उम्मेद्वारहरुलाई टिका, खादा र अबिर लगाएर बिजयको लागि अग्रिम शुभकामना दिएका थिए ।

मेयरका उम्मेदवार कट्टेलले वैशाख २७ गतेसम्म संयुक्त घरदैलो अभियान चल्ने बताए । बिहान घरदैलो गर्ने र दिउँसो सामुहिक भेटघाट गर्ने गरी चुनावी प्रचारलाई व्यवस्थित गरिएको उनले जानकारी दिए ।

यसअघि संयुक्त गठबन्धनले आइतबार वडा नं. १, २, सोमबार वडा नं. ५ र मंगलबार वडा नं. ३ मा संयुक्त रुपमा घरदैलो अभियान संचालन गरेका थिए ।

maha 1.jpg

maha 2.jpg

maha 3.jpg

maha 4.jpg

maha 5.jpg

maha 7.jpg

maha 8.jpg

maha 9.jpg

maha 10.jpg

279884909_1207259596748928_192096104717370740_n.jpg

279570748_560841138734286_3367272352881699484_n.jpg

279668718_3258281184494687_9088229576274065210_n.jpg

 

images
प्रकाशित मिति :बैशाख २१, २०७९ बुधवार - १३:११:३२ बजे

 

केशव घिमिरे

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology