Logo

बुधवार, श्रावण २७ गते २०८३

images

अपर हेवाखोला हाइड्रोले पायो आईपिओ निष्काशन अनुमति

अपर हेवाखोला हाइड्रोले पायो आईपिओ निष्काशन अनुमति

दैनिकी न्यूज

२३, बैशाख २०७९
अपर हेवाखोला हाइड्रोले पायो आईपिओ निष्काशन अनुमति
images

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आईपिओ निष्काशन अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बैशाख २२ गते कम्पनीलाई अनुमति प्रदान गरेको हो ।

बोर्डबाट अनुमति पाएसंगै कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्बसाधारणलाई गरि कुल २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता शेयर निष्काशन गर्ने छ । ५ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई र बाँकी १५ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिने कम्पनीले जनाएको छ। शेयर निष्काशनको लागि एनएमबि क्यापिटल लिमिटेड बिक्रि प्रबन्धक रहेको छ।

कम्पनीले प्रदेश नं. १ अन्तर्गत संखुवासभाको पाँचखपन र चैनपुर नगरपालिका भएर बहने हेवाखोलामा ८.५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरि रहेको छ। 

images
प्रकाशित मिति :बैशाख २३, २०७९ शुक्रवार - ०५:५०:०७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology