Logo

मंगलवार, श्रावण २६ गते २०८३

images

आज मध्यरातिबाट सुरु हुने मौन अवधिमा के गर्न पाइँदैन ?

आज मध्यरातिबाट सुरु हुने मौन अवधिमा के गर्न पाइँदैन ?

दैनिकी न्यूज

२७, बैशाख २०७९
आज मध्यरातिबाट सुरु हुने मौन अवधिमा के गर्न पाइँदैन ?
images

काठमाडौं । स्थानीय तहको मतदानको पूर्वसन्ध्यामा आज मंगलबार मध्यरातिदेखि मौन अवधि सुरु हुँदैछ । मतदान ३० वैशाख अर्थात शुक्रबार हुँदैछ । मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ । आयोगले मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलको ३ सय मिटरवरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउन निर्देशन दिएको छ ।

निर्वाचन आचारसंहिताअनुसार मौन अवधिमा के गर्न पाइँदैन ?
–मौन अवधिभर निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिरया, सभा–सम्मेलन, कार्यशाला, गोष्ठी गर्न नहुने
– निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने – मौन अवधि सुरू हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरी राखिएका आआफ्ना निर्वाचन चिहृन तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने
– एसएमएस, फेसबुक, भाइबर जस्ता सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने
–मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने ।

images
प्रकाशित मिति :बैशाख २७, २०७९ मंगलवार - ०८:३८:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology